चन्द्रागिरि केबलकारले पायो मेरिट अवार्ड



काठमाडौं । चन्द्रागिरि केबलकार संचालन गर्दै आएको चन्द्रागिरि हिल्सले ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ जित्न सफल भएको छ । स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्सले अन्तर्राष्ट्रिय अभ्यास अनुरुपकार्य गर्दै आएकोले यस्तो सम्मान पाएको कम्पनीले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्निया स्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्ष हेमराज ढकालले उक्त सम्मान थापेका थिए । चन्द्रागिरि हिल्सलाई सोहि संस्थाले गतवर्ष पनि ‘ बेष्ट डेसटिनेशन अवार्ड-२०१६’ प्रदान गरेको थियो ।

व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु