अब ग्लोबल आइएमई बैंकमा खाता खोल्न चाहनेले बैंकमै पुग्नु नपर्ने



 

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रबिधिको प्रयोग बढाउने उद्देश्य र ग्राहको सुबिधालाई ध्यानमा राखी अनलाइन मार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ ।

बिशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस भन्ने उद्धेश्यले बैंकले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको उल्लेख गरेको छ । यो व्यवस्था अन्र्तगत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ ।

त्यस्तै विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाताखोली इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने, उक्त खाता मार्फत रेमिट्यान्स नेपालमा पठाउन सक्ने छन् ।

यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिनेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ८ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु