आइएमई पे को प्रयोगबाट बिजुलीको बिल भुक्तान गर्न सकिने



काठमाडौं । आर्इएमईपेबाट बिजुलीको बिल भुक्तान गर्न सकिने भएको छ । नेपाल बिद्युत प्राधिकरणले अनलाइन बिल भुक्तानी सेवा शुरु गरेसँगै आइआएई पे ले यस्तो सुबिधा ल्याएको जनाएको छ ।

यसले सेवाग्राहीलाई बिल भुक्तानी गर्न लामो लाइन बस्नु पर्ने झन्झटबाट गरेको र समय समेत बचत गर्ने कम्पनीले दाबी गरेको छ । नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ ।

प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्गगर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट वा आउटलेट मार्फत अनलाइन बिल भुक्तानी सेवा लिन सकिन्छ भने, आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु