१० औ दक्षिण एशियाली सम्मेलन भोलिदेखि



काठमाडौं । १० औ दक्षिण एशियाली आर्थिक सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

राष्ट्रिय योजना आयोग,वाणिज्य मन्त्रालय तथा साउथ एशिया वाच अन ट्रेड एन्ड इन्भारमेन्ट(सावती)को सयुक्त आयोजनामा हुन लागेको हो ।

सम्मेलन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् ।

सम्मेलनमा दक्षिण एशियाका २ सय सहभागी हुने छन् ।

सम्मेलनमा भारत,बंगलादेश र भुटानबाट मन्त्रीस्तरको सहभागिता हुने छ ।

सम्मेलनमा भाग लिन भारतका वाणिज्यमन्त्री सुरेश प्रभु काठमाडौंमा आउदैछन् ।


क्लिकमान्डु