हुण्डाईको ‘द नेक्स्ट जेन भर्ना’ नेपाली बजारमा, सुरुवाति मूल्य ४२ लाख ९६




काठमाडौं । कोरियन गाडी निर्माता कम्पनी हुण्डाईको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल्स् प्रालिले ‘द नेक्स्ट जेन भर्ना’ आज सोमबार नेपाली बजारमा सार्वजनिक गरेको छ । यो कार भर्नाको ५ औँ जेनेरेसनको सेडान कार हो ।

५ औं जेनेरेसनको भर्ना सुरक्षाको हिसाबले निकै सुरक्षित रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा निकै रुचाइएको भर्ना १.६ लिटर इन्जिनमा उपलब्ध रहेको छ । ६ कलर भेरिएन्टमा उपलव्ध यस कार मूल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजारसम्म तोकिएको छ ।

यो कार विश्वको ६६ देशमा बिक्री बितरण भइरहेको र हालसम्म ८८ लाख युनिट बिक्री भएको कम्पनीको दाबी छ ।

सेफ्टीको लागि यसमा २ वटा एयरब्याग जडान भएको यसकारमा कोर्निङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर फग ल्याम्प, एबिएस र उत्कृष्ट अडियो कनेक्टीभिटी रहेको छ ।

१५९१ सिसी इन्जन क्षमताको यस कारले १२३ पिएस पावर र ६४०० आर एमपी जेनेरेट गर्छ ।

६ स्पिड म्यानुअर र अटोम्याटिक दुबै भेरिएन्टमा उपलब्ध यस कार नेपाली बजार सुहाउदो रहेको कम्पनीको दाबी छ ।


क्लिकमान्डु