तराईमा गएको बाढीबाट ६१ अर्बको क्षति, पुननिर्माणको लागि ७४ अर्ब चाहिने



काठमाडौं । गत वर्षातमा तराईमा गएको बाढीको कारण क्षतिग्रस्त मधेशका जिल्लामा पुननिर्माणको लागि ७७ अर्ब रुपैयाँ चाहिने भएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदन अनुसार बाढीले ६० अर्ब रुपैयाँको क्षती पुर्याएको छ । बाढीले ३५ जिल्ला प्रभावित भएको र सबैभन्दा बढी क्षती घरमा भएको रिपोर्टमा उल्लेख छ ।

राष्ट्रिय योजना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई साढे २ बजे प्रतिवेदन हस्तान्तरण गर्दै छ ।

रिपोर्ट अनुसार घरहरुमा १९ अर्ब रुपैयाँको क्षती भएको छ । यस्तै सिचाईमा १७ अर्ब,घरपालुवा जनाबर १० अर्ब र कृषिमा ७ अर्बको क्षती भएको छ ।

योजना आयोगले तयार पारेको प्रतिवेदन अनुसार घर निर्माणको लागि ३९ अर्ब,सिचाईको १७ अर्ब,कृषिको लागि ६ अर्ब,घरपालुवा जनावरको लागि २ अर्ब,यातायातमा ३ अर्ब,खानेपानीमा २ अर्ब चाहिने देखिन्छ ।

योजना आयोगले भूकम्पपछिको पुननिर्माणको लागि ७ खर्ब चाहिने विस्तृत प्रतिवेदन सार्वजनिक गरेको थियो ।

जस अनुसार दाता सम्मेलनपनि गरिएको थियो । दाता सम्मेलनमा दातृ निकायले ४ खर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर,भूकम्पपछिको पुननिर्माणले गति भने लिन सकेको छैन ।


क्लिकमान्डु