धुलिखेलदेखि नागढुंगासम्म रेल मार्ग निर्माण गरिने



काठमाडौं । काभ्रेको धुलिखेलदेखि नागढुंगासम्म रेलमार्ग निर्माणको विस्तृत परियोजना अध्ययन गर्ने जिम्मा लगानी बोर्डले पाएको छ ।

काठमाडौं उपत्यकामा बुढानिलकन्ठदेखि फास्टट्रायकको अन्तिम बिन्दु ललितपुर तथा अर्को रुट धुलिखेलदेखि नागढुंगासम्म रेल मार्ग संचालन गर्ने सम्भावना देखिएको थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले धुलिखेल देखि नागढुंगासम्म रेल मार्ग निर्माणको विस्तृत अध्ययन गर्न लगानी बोर्डलाई जिम्मा दिएको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

यस्तै लगानी बोर्डले अरुण तेस्रो तथा माथिल्लो कर्णाली निर्माण गर्ने जिम्मा पाएका भारतीय कम्पनीको वित्तीय स्रोत जुटाउनको लागि म्याद थप्ने निर्णय गरेको छ ।

अरुण तेस्रोको निर्माणको जिम्मा भारतीय कम्पनी सतलज तथा माथिल्लो कर्णालीको जिम्मा जिएमआरले पाएका छन् ।

अरुण तेस्रोमा ६ महिना र कर्णालीमा एकवर्ष वित्तीय स्रोत जुटाउन म्याद थप भएको सिइओ अधिकारीले क्लिकमाण्डूलाई जानकारी दिए ।

जसमा अरुण तेस्रोमा सतजलले वित्तीय स्रोत लगभग जुटाइसकेको छ । भारतीय केन्द्र सरकारको प्राथमिकतामा परेको हुँदा सतलजलाई स्रोत जुटाउन कमी छैन । जिएमआरलाई भने स्रोत जुटाउन कठिन पर्दै गएको छ ।


क्लिकमान्डु