केपी ओलीले भने- बामपन्थी देखाएर अर्थतन्त्र नबुझेकाले सेयर बजार घटाए



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी सरकारसँग डराएर सेयर बजार घट्नुपर्ने कारण नभएको बताएका छन् ।

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अहिले बामपन्थीको सरकार आउने र त्यसपछि सेयर बजार घट्ने हल्ला चलाएको बताए ।

‘नेपालको अर्थतन्त्र नबुझ्ने अर्थशास्त्रीले बामपन्थी सरकार बनेपछि सेयर बजार घट्छ भन्ने हल्ला चलाएका छन्,’ ओलीले भने, ‘बामपन्थी सरकार आएपछि देशको अर्थतन्त्र राम्रो हुन्छ।’

देशका प्रमुख बामपन्थी दल एमाले र माओवादीले चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने घोषणा गरेर चुनावमा होमिएका छन् ।

सेयर बजार अहिले ओरालो लाग्नुको पछाडी एउटा कारण बामपन्थीको चुनावी तालमेल र चुनावपछि आउन लागेको बामपन्थी सरकारलाई पनि लिएको छ ।


क्लिकमान्डु