धेरै चिया पिउँदा हुन सक्छ क्यान्सर, यसरी पकाउनुस् चिया



काठमाडौं । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार धेरै चिया पिउदा क्यान्सर हुने खतरा बढि हुने देखिएको छ । यसको साथै धेरै चियाको प्रयोगले अन्य रोगहरुपनी बढ्ने खतरा रहन्छ । त्यसैले हरेक दिन ३ कपभन्दा बढी चिया पिउँनु स्वास्थको लागी हानिकारक हुने डाक्टरहरु बताउँछन् ।

अधिक चिया पिउँदा हुने ३ समस्या
१. धेरै तातो चिया पिउँदा मुखबाट पेटमा जोड्ने आन्द्रा खराब हुन सक्छ । यसले क्यान्सहुने सम्भावना रहन्छ ।

२. चियामा अधिक फ्लोराईड हुन्छ जसको धेरै प्रयोगले शरीरका हड्डी कमजोर बनाउँछ ।

३. धेरै चियाको सेवनले पसिना धेरै आउँछ । पसिनाको माध्यमबाट सोडिएम, पोटासियम जस्ता तत्वहरु शरिरबाट बाहिर निस्कने हुँदा कमजोरी बढाउँछ ।

चिया बनाउने समयमा यी कुरा ध्यान दिनु पर्छ
१. चियापत्ती, दुध र चीनीको एकसाथ पकाउनु हुँदैन । त्यसकोलागी पहिला पानी उमाल्ने, त्यसपछि चियापत्ती हाल्ने र अन्तिममा दुध राखेर पकाउनु पर्छ । चीनी आवस्यकता अनुसार पछि राखेर पिउनु पर्छ ।

२. चीया पकाउँदा पानी धेरै बेर पकाउनु हुँदैन । ३ मिनेटभन्दा बढी समय पानीको पकाउँदा पानीमा भएको अक्सीजन मात्रा घट्छ । जसले चियाको टेस्ट राम्रो हुँदैन ।

३. चियापत्ती सधै उम्लेको पानीमा हाल्नुपर्छ जसले चियाको टेष्ट र कलर दुबैलाई राम्रो बनाउँछ ।

४. आधाघण्टा भन्दा बढी समय पकाएर राखेको चिया खानु हुँदैन यसले इनडाइजेशन हुन सक्छ ।

बच्चालाई चिया नदिउँ
बच्चालाई चिया दिदा उसको स्वस्थ्यमा असर पुग्न सक्छ । अमेरिकन एकेडेमी अफ पेडियोट्रिक्स रिसर्च संस्थाका अनुसार बच्चाले चिया पिउँदा उसको शरीरमा नेगेटिभ असर पुग्ने देखिएको छ ।

१. चीयामा हुने केपिनले ब्रेन पावरको कम गराउँछ ।

२. चियामा चिनी हुने हुँदा त्यसले बच्चाको दाँत खराब गराउँछ ।

३. बच्चाको हड्डी कमजोर गराउँछ ।

४. पेटको बिमारी ल्याउन सक्छ ।


क्लिकमान्डु