पेट्रोल पम्पमा गरिएको नयाँ प्रयोगले अर्बपति बनेका दुई दाजुभाइ



काठमाडौं । हाम्रो भाग्य आफ्नै हातमा हुनेगर्छ । हाम्रो जीवन परिर्वतन गर्न हामीले एक क्षणमा गर्ने निर्णय काफी हुन्छ त्यस्तै एक उदहारण बनेका छन् मोहसिन र जुबेर इम्सा । उनिहरु अहिले ३४१ पेट्रोल पम्पको मालिक बनेका छन् । बाल्यकालमा दुइभाई क्यानेडामा बुवाको साथमा सङ्घर्षपूर्ण जीवन बिताउँथे ।

फुडर्कोट होस् वा पेट्रोल पम्प दुवैजना कडा परिश्रम गर्थे । उनिहरुको मेहेनतले उनीहरुको बचतमा समेत मद्दत पुर्यायो । करिब डेढ लाख पाउण्डको बचत गरेपछि पेट्रोल पम्प खोल्ने सपनामा राहत मिल्यो ।

उनिहरु फिलिङ् स्टेशन खरिद गर्ने निर्णयमा पुगे । त्यतिबेला फिलिङ स्टेशन खोल्नु भनेको जुवा खेल्नु बराबर थियो । विश्ब आर्थिक मंदीले उनीहरुलाई पछि धकेल्यो । निर्णय लिन झन कठिन भयो । त्यसपछि उनीहरु साइट चलाउने सोचमा पुगे । सन् १९९५ मा १ लाख ५० हजारमा उनीहरुले फ्रिहोल्ड साइट किने त्यसैको मद्दतले उनिहरुले नयाँ तरिका र ठाँउको खाजी सुरुगरे ।

त्यसैबाट आज उनिहरुले बेलायत, फ्रान्स, बेनेलक्सलगायत ठाउँमा ३४१ फिलिंग स्टेशन युरो गेराजको स्थापना गर्न सफल भएका छन् । जहाँ इन्धन भर्नुको साथै सपिङ र खानाको मजा उठाउन पाइने छ । यो पेट्रोल पम्प व्यवसायमा नयाँ प्रयोग थियो ।

आज उनिहरुको ग्यारेजमा २००० मानिस काम गर्छन् । उक्त कम्पनीको बार्षिक कारोबार १ बिलियन युरोको हारहारीमा रहेको छ । मानिस आफ्नो अथक मिहेनत र परिश्रमले सफल हुन्छ भन्ने उदाहरण भएका छन् यी दुई दाजु भाई ।

दुवै भाइले बैंकबाट ऋण निकालेर पैसाको बन्दोबसत गरेका थिए । आफ्नो भाग्य र कडा मिहिनेतले उनीहरु सफलता तर्फ ढल्किए । स्टारबक्स, बर्गर किङ्गजस्ता बिश्व प्रसिद्ध ब्राण्डसँगको सहकार्यमा अफ्नो व्यवसाय अगाडि बढाई रहेका छन् ।

उनीहरुको कम्पनीमा सानो स्थरबाट काम गर्ने व्यक्ती पनि अहिले उच्च ओहोदामा पुगेका छन् । लगभग छ दशकपछि दुवै भाइले सफलताको स्वाद चाख्न सफल भएका हुन् । केन्फोलोजियोबाट


क्लिकमान्डु