धान उत्पादनमा ब्रेक थ्रु, ५५ लाख मेट्रिक टन धान फल्यो




काठमाडौ । यस वर्ष करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने भएको छ । बाढी पहिरोका कारण धान खेत नराम्ररी प्रभावित भएपनि यस वर्ष धान उत्पादन उल्लेख्य रुपमा बढ्ने भएको हो ।

कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको तथ्यांकअनुसार गत वर्ष भन्दा यस वर्ष तीन लाख मेट्रिक टन बढी धान उत्पादन हुने भएको हो । गत वर्ष ५२ लाख ३२ हजार टन धान उत्पादन भएको थियो ।

तराईका विभिन्न जिल्लाबाट गत वर्षहरुमा भन्दा बढी धान उत्पादन भएको रिपोर्टहरु आइरहेको छ । केही हिमाली तथा पहाडी जिल्लामा भने केही दिन अघिको असिना पानीले धान झारेको भएपनि समग्रमा धान उत्पादन विगत पाँच वर्ष यताकै उच्च हुने मन्त्रालयको प्रक्षेपण छ ।
कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाकाअनुसार धान उत्पादनमाय वर्ष नयाँ इतिहास कायम हुनेवाला छ । चा८ै मनसुन सुरु भएका कारण किसानले समयमा नै धान रोप्न पाएका कारण इतिहास ब्रेक हुने अवस्था पुगेको हो ।

मन्त्रालयले प्रर्याप्त मात्रामा रासायनिक मल तथा औषधीमूलो उपलब्ध गराएको भए यस वर्ष ६५ लाख मेट्रिक टन धान उत्पादन हुन सक्ने बताइन्छ । केही स्थानमा प्रतिकूल अवस्था भएपनि यस पटक धान उत्पादन बढी हुनुको पछाडि मनसुनको सहजता तथा सरकारले अगाडि सारेको जोन कार्यक्रम पनि प्रमुख रहेको छ ।

सरकारले तराईका दश जिल्लालाई धान जोनको रुपमा अगाडि सारेको छ। त्यसमा झापा, बाराा, पर्सालगायतका जिल्ला प्रमुख रहेका छन् ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३१ प्रतिशत छ । कृषि उपजमा धानको हिस्सा सबैभन्दा बढी रहेको सहप्रवक्ता सापकोटाको भनाइ छ ।

धान उत्पादन बढेपनि धानको मूल्य तोक्नमा भएको ढिलाईका कारण किसान भने मर्कामा पर्ने देखिएको छ । व्यापारीले कम मूल्यमा धान खरिद गर्न खोज्ने भएकाले समयमा नै धानको मूल्य तोक्न किसानले माग गरेका छन् ।

कुन वर्ष कति फल्यो धान (मेट्रिक टन)

२०६८ ४४ लाख ६० हजार
२०६९ ५० लाख ७२ हजार
२०७० ४५ लाख ४ हजार
२०७१ ५० लाख ४७ हजार
२०७२ ४७ लाख ८८ हजार
२०७३ ५२ लाख ३२ हजार
२०७४ ५५ लाख

 


क्लिकमान्डु