ग्लोबल आइएमई बैंकले २० प्रतिशत लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकको एघारौँ बार्षिक साधारण सभा कात्तिक २३ गते बिहिवार सम्पन्न भएको छ । सो सभाले आ.व. २०७३/०७४ को वितरणयोग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताब पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

२०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ भने संयुक्त अधिराज्य लण्डनमा समेत प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरिसकेकोले छिट्टै कारोबार शुरु गर्न लागेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको जनाएको छ ।


क्लिकमान्डु