मोटोरोलाको डिलर्स मिट मलेशियामा



काठमाडौं । लाईफ कम प्रा.लि, मोटोराला स्मार्टफोनको नेपालका लागि आधिकारिक विक्रेताले यहि कातिक १८ गते देखि २१ गते सम्म मलेशियाको क्वालालम्पुरमा मोटोरोला मोबाईलको डिलर्स भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपालबाट लगभग ४० भन्दा बढि विभिन्न ब्याण्ड्रका डिलर्सहरुको सहभागिता थियो ।

कार्यक्रममा मोटोरोला फोनसँग सम्बन्धित विभिन्न योजनाहरु, मोबाइलको नेपाली बजारमा यसको माग तथा अन्य विभिन्न अफरहरुको विषयमा छलफल गरिएको थियो ।

यस कार्यक्रममा मोटोराला ब्राण्डसँग सम्बन्धित विभिन्न कार्यतालिका, यसको बजार, अफर आदि बारे विशेष कुराकानी आयोजना गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु