ट्विटरमा अब २८० शब्द लेख्न पार्इने, हट्यो १४० अक्षरको सीमा



काठमाडौं । सोशियल साइट ट्विटरले अन्ततः अक्षरको सीमालाई बढाएर २८० अक्षर पुर्याएको छ । ट्विटरले आजैदेखि सबै प्रयोगकर्ताहरुका लागि लागू हुने गरि अक्षरको सीमा बढाएको हो ।

यो अक्षरको सीमा अंग्रेजीसहित अन्य सर्पोट गर्ने भाषाहरुमा पनि लागू हुनेछ ।

यसअघि ट्विटरमा केबल १४० शब्दमा मात्र आफ्नो भावनाहरु लेख्न पाईने नियम रहेको थियो ।

अहिलेको अक्षरको सीमा वृद्धिलाई ट्विटरको अझ लोकप्रिय हुने चाहनालाई दर्र्शाएको विश्लेषकहरुले उल्लेख गरेका छन् ।

कम्पनीले यो सीमालाई चीनियाँ, जापानी र कोरियाली भाषाका लागि भने केवल १४० शब्दमा नै सिमित गरेको छ । किनकी यी भाषाहरुमा भावना व्यक्त गर्नका लागि निकै कम शब्दहरुको प्रयोग गरिन्छ ।

यसअघि कम्पनीले सेप्टेम्बरमा १४० भन्दा बढि अक्षरमा ट्विट गर्न सकिने बारेमा परिक्षण गरेको थियो । थप गरिएको अक्षरको सीमाले ट्विटर प्रयोगकर्ताहरुले अधिक ट्विट गर्ने अपेक्षा ट्विटरले गरेको छ ।

ट्विटरले अक्षरको सीमामा वृद्धि गर्नुका साथै अन्य परिवर्तनहरु पनि गरेको छ । कम्पनीले मल्टि पार्ट ट्विट, टेक्स्ट ब्लकको स्क्रीनसट जस्ता ट्विट पनि थप गरेको छ । यसअघि ट्विटमा अक्षरको गन्ति हुन्थ्यो भने अब अक्षरको मुनि गोलाकार हुने छ र २८० क्यारेक्टर सकिएपछि त्यो कालो गोलाकार बन्नेछ ।

चालु अंग्रेजी तेस्रो त्रैमासिकमा ट्विटरसँग ३३ करोड मासिक प्रयोगकर्ताहरु आबद्ध छन ।

यसैबिच सोशल मिडिया एप स्न्यापच्याटले पनि नयाँ परिवर्तन गरेको छ । कम्पनीले थप प्रयोगकर्ताहरुलाई आकर्षित गर्न नयाँ परिवर्तनहरु गरेको बताईएको छ । स्न्यापच्याटलाई अझ सहजरुपमा प्रयोग गर्ने गरि नयाँ रुपमा ल्याईएको छ ।


क्लिकमान्डु