सेन्चुरीको नाफा १० करोड, इपिएस ७ रुपैयाँ



काठमाडौं । सेन्चुरी बैंकले असोज महिनासम्ममा १० करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको तुलनामा ३ करोडले नाफा बढाएर १० करोड पुर्याएको हो ।

५ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकको असोज मसान्तसम्ममा ४५ अर्ब निक्षेप रहेको छ भने कर्जा ४० अर्ब रहेको छ ।

बैंकले ब्याज आम्दानीबाट ३३ करोड कमाएको छ । बैंकले नोक्सानी व्यवस्थाको लागि ११ करोड कमाएको छ ।

बैंकको ब्यालेन्ससिट हेर्दा ब्याजमा खर्च अत्याधिक देखिन्छ । १ अर्ब २६ करोड ब्याज आम्दानी भएपनि ब्याजमा भएको खर्च ९३ करोड छ । यसले बैंकले महंगो ब्याजदरमा निक्षेप लिएको देखिन्छ ।

वित्तीय विवरण अनुसार बैंकको रिर्टन अन इक्युटी ६.४३ प्रतिशत छ । यस्तै प्रति सेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा छ । यस्तै बैंकको रिजर्बमा १ अर्ब २२ करोड रहेको छ ।


क्लिकमान्डु