सिजी मोबाइलका दुई नयाँ फिचर फोन बजारमा



काठमाडौं। सिजी मोबाइल ब्राण्डले नयाँ फिचर फोनहरु बजारमा ल्याएको छ । सिजी मोबाइल प्रालिले धेरै सुविधाहरुका साथै सस्तो मूल्यमा आफ्नो फिचर फोन बिधामा दुई नयाँ मोडलहरु थप गरेको हो ।

एस्ट्रो मेरोको सफलतापछि सिजी मोबाइलले एस्ट्रो मेरो प्लस  ग्राहकको चाहना अनुसार बजारमा ल्याएको छ । यो फोनमा डिजिटल क्यामरा, एफएम, टर्च, जीपीआरएस, एमपी थ्री एमपी फोर जस्ता सुविधाहरु राखेको छ । फोनमा १,००० एमएएच क्षमताको ब्याट्रि राखिएको छ ।

सिजी एस्ट्रो मेरो प्लस स्मार्टफोनको बजार मूल्य ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

त्यसै गरी नयाँ ल्याइएको एस्ट्रो ५ एलमा बिभिन्न आर्कषक फिचरहरु जस्तै वायरलेस एफएम, फ्ल्याश भएको यो फोनमा डिजिटल क्यामरा, एफएम, टर्च, एमपी थ्री एमपी फोर ब्लूटूथ जस्ता सुविधाहरु राखेको छ । फोनमा १,८०० एमएएच क्षमताको ब्याट्रि राखिएको छ । यसको बजार मूल्य १ हजार ६ सय ९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले यी दुई नयाँ मोडलहरु १०० दिनको सटही नीतिको साथ ल्याइएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु