२ लाख ३५ हजार आवेदकमा १६ हजारले मात्र पाए सपोर्टसर्पोटको सेयर



काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथा मार्फत १६ हजार ७४० जना आवेदकले १० कित्ता सेयर पाएका छन् ।

माइक्रोफाइनान्समा २ लाख ३५ हजार २४८ जनाको आवेदन परेको थियो । जसमा १६ हजार ७४० जनाले मात्र सेयर पाएका हुन् । २ हजार ३१६ जनाको आवेदन रद्द भएको छ ।

सपोर्टले असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।


क्लिकमान्डु