नेप्सेका सिइओ साउद भन्छन् :सेयर बजारमा जेठदेखि अनलाइन प्रणाली



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का निवर्तमान महाप्रवन्धक सीताराम थपलियाले घोषणा गरे अनुसार आजदेखि सेयर बजारमा अनलाइन प्रणाली मार्फत कारोबार सुरु हुने थियो ।

थपलियाले आजदेखि अनलाइन प्रणाली लागु हुने घोषणा गरेका थिए । तर,सो अनुसार अनलाइन प्रणाली सुरु हुने सुरसार रहेको छैन ।

नेप्सेले अनलाइन प्रणालीको लागि भारतीय कम्पनी वाइको प्रालिसँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार भारतीय कम्पनीले १६ वटा मोडल तयार पार्नुपर्नेमा अहिलेसम्म ६ वटा मात्र मोडल तयार पारेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जेठसम्म अनलाइन प्रणाली सुरु हुने बताए ।

यस्तै नेप्सेले फाइनान्स र नागरिक लगानी कोष तथा जीवन र निर्जीवन बीमा कम्पनकिो अलक सूचक बनाउने जानकराी दिएको छ । केही दिन अगाडि नेप्सेले लघुवित्त कम्पनीको अलक सूचक बनाएको थियो ।


क्लिकमान्डु