इन्डियन एयरलाइन्सबाट काठमाडौं आएका ती नकाबधारी को हुन् ?



काठमाडौं । कात्तिक २० गते (आज) बिहान साढे १० बजे इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरे ।

खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासा उक्त समयमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल उपस्थितसर्वसाधारणमा पनि परेको थियो । नकाव सहित विमानस्थलबाट वाहिरिनु रहस्यमय त थियो नै, झन् त्यहाँ उपस्थित मिडियाकर्मीले ती व्यक्तिलाई क्यामेरा र माइक लिएर केहि सोधपुछ गरिरहदाँ सर्वसाधारणहरुले ती व्यक्ति कुनै ठुलै अपराधिक पृष्ठभुमीका हुन् कि भन्ने अड्कल काट्दै थिए ।

ती नकावधारी व्यक्तिलाई हेर्न त्यहाँ ठुलै भिड जम्मा भएको थियो ।
पत्रकारसँगको कुराकानीपछि थाहा भयो कि ती ब्यक्ति कात्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता माविमा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता खेल्न भारतबाट आएका खेलाडी रहेछन् ।

उक्त प्रतियोगिमा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरी ८ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । सो प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् ।

यो प्रतियोगिता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनमा हुन लागेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस्बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्ने डिशहोमले जानकारी दिएको छ ।


क्लिकमान्डु