बेलायती महारानी सहित विश्वका चर्चित नेताले यसरी गरे कर छली



बेलायतकी महारानी एलिजाबेथ सहित विश्वका नेताहरुले गोप्य रुपमा कर छलेको खुलासा भएको छ ।

बेलायतको संचारमाध्यम बिबिसी प्यानोराले एक सयवटा संचारमाध्यमसँग मिलेर सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ बाट अमेरिका क्यानडा लगायतका नेताहरुले कर छलेको विषय सार्वजनिक भएको हो ।

‘प्याराडाइज पेपर्स’ भनेर नाम दिएको यो अनुसन्धानमा १ करोड ३५ लाख विवरणको छानबिन गरिएको थियो ।

‘प्याराडाइज पेपर्स’ले बेलायतीकी महारानी एलिजाबेदले १ करोड ३० लाख अमेरिकी डलर रुपैयाँ बर्मुडाको एउटा कोषमा लगानी गरेकी छन् ।

यसबाट महारानीले ५० करोड पाउन्ड बराबरको सम्पत्ती व्यवस्थापन गरेको बिबिसीले जनाएको छ ।

२ वर्ष अगाडि खोज पत्रकारहरुको संस्था(आइसिएफजे)ले पनापा पेपर सार्वजनिक गरेको थियो । जसमा विश्वका चर्चित नेता,सेलिब्रेटीले अफसोर देशबाट कसरी लगानी गरेका छन् त्यो खुलेको थियो ।

पनामा पेपरपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ तथा आइसल्याण्डका प्रधानमन्त्रीको पद गएको थियो ।

‘प्याराडाइज पेपर्स’बाट बेलायती महारानीले यसरी गरेको लगानी गैर कानूनी नभएपनि केही आशंका पैदा भएको छ ।

यसमा क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका अत्यन्त निकट मानिने व्यक्तिले पनि यसरी लगान्ी गरेका छन् ।

जसले देशलाई करोडौ डलरको नोक्सानी पर्न सक्ने बताइएको छ । ट्याक्स हेवन मानिने दक्षिण अमेरिकी देशहरुमा यस्ता खालका कम्पनीहरु छन् ।

साना टापुहरु जसमा कम्पनी दर्ताको मात्र शुल्क लिने गरिन्छ भने अरु शुल्क केहीपनि लाग्दैन ।

नेपालमा टेलिकम सेवा प्रदायक कम्पनी एनसेलमा पनि ८० प्रतिशत लगानी यस्तै खालको सेन्ट् किट्सबाट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले वाणिज्यमन्त्री नियुक्त गरेका बिल्बर रासपनि यो केसमा जोडिएका छन् ।

दस्तावेदका अनुसार रासले एक जहाज कम्पनीमा लगानी गरेका छन् । जसको सम्बन्ध रुससँग जोडिएको छ । वर्षमा करोडौ डलर कमाउने गर्छ ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको विजयलाई रुससँग जोडिएर हेरिएको थियो ।

सो कम्पनीमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनका ज्वाईको लगानी छ । अहिले अमेरिकाले रुसलाई प्रतिबन्ध लगाएको छ । अमेरिकी मन्त्री र रुसका राष्ट्रपतिका नातेदारको लगानी भएको कम्पनीले ट्रम्पलाई रुससँगको सम्बन्धलाई लिएर थप प्रश्न भने उठाएको छ ।

अनुसन्धानले विश्वका चर्चित मानिएका कम्पनीले कर छल्नको लागि ट्याक्स हेवन देश प्रयोग गरेको खुलासा गरेको छ ।

नाइकी, एपल, उबर र फेसबुक जस्ता कम्पनीहरुले ट्याक्स हेभनु भनिने करमुक्त क्षेत्रहरुको प्रयोग गरेर आफ्नो कर दायित्व सकेसम्म कम तुल्याउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अर्बपतिको सूचिमा रहेको अधिकाशं धनी व्यक्तिले गर छलेको रिपोर्टमा भनिएको छ ।

अनुसन्धानले यस्तो गतिविधिलीले कतिपय देशको राष्ट्रिय अर्थतन्त्र धरासायी भएको बताएको छ । जनताहरु आधारभूत सेवा लिन बन्चित भएपनि धनीहरुले कर छलेको रिपोर्टमा भनिएको छ । बिबिसीको सहयोगमा


क्लिकमान्डु