एनआईसी एशिया बैंकको एकसाथ ३ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले एकसाथा ३ स्थानमा शाखा खोलेको छ ।

बैंकले खजुरा गाउँपालिका बाँकेको १ नम्बर वडा,बर्दिया नगरपालिका वडा नं ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक मोरङमा शाखा खोलेको हो ।

राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पौडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरे । कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले गरे ।

बैंकको शाखा कार्यालय १३३ पुगेको छ भने एटिएम काउन्टर १४१ पुगेको छ ।


क्लिकमान्डु