बाम गठबन्धन बलियो हुँदा किन डरायो पुँजी बजार ?




काठमाडौं । चुनाबप्रति उत्साहित देखिदै आएको पुँजी बजार यसपटकको चुनाब नजिकिदै जाँदा निकै तर्सिएको छ । कम्युनिष्टहरुले क्रान्तिकारी परिवर्तनको संकेतका रुपमा ब्याख्या रातो रंग पुँजी बजारमा देखिएको छ । तर, पुँजी बजारमा रातो रंगलाई राम्रो मानिदैन ।

कात्तिक १९ (आज) पुँजी बजार मापक नेप्से राताम्य भएको छ । अर्थात यो समाचार तयार पार्दासम्म पुँजी बजार मापक नेप्से परिसुचक करिब २७ अंकलपे घटेको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ठूला २ कम्युनिष्ट दलहरु एमाले र माओबादी केन्द्रले चुनाबी तालमेल गरेका छन् । चुनाबपछि पार्टी एकिकरण गर्नेसम्मको गृहकार्य भएको दुबै दलका नेताहरुले बताउँदै आएका छन् ।

एमाले र माओबादी केन्द्रको बाम गठबन्धनले सके २ तिहाइ नभएपनि सुबिधाजनक बहुमत आउने आकलन गरिएको समयमा पुँजी बजार भने किनै त्रसित देखिन्छ । दशैको सार्बजनिक बिदाको समयमा भएको एमाले र माओबादी केन्द्रको बाम गठबन्धन पछिका दिनमा पुँजी बजारमा रौनक देखिएको छैन ।

कात्तिक १९ गते सबै परिसुचक घटेका छन् । यो समाचार तयार पार्दासम्म नेप्से परिसुचक २६.७३ अंकले घटेर १४९६ बिन्दुमा आइपुगेको छ ।

सो समयसम्ममा सबै उपसुचक घटेका छन् । बैंकिङ समुहको उपसुचक २४.६६ अंकले, होटल समुहको उपसुचक २३.६१ अंकले, विकास बैंक समुहको उपसुचक ३१.५३ अंकले र जलविद्युत कम्पनी समुहको उपसुचक २७.५३ अंकले घटेका छन् ।

यस्तै वित्त कम्पनी समुहको उपसुचक ५.८९ अंकले, बीमा समुहको उपसुचक १५८.७१ अंकले, उत्पादनशील समुहको उपसुचक ३४.९४ अंकले, अन्य समुहको उपसुचक १५ अंकले र लघुवित्त कम्पनी समुहको उपसुचक २०.९६ अंकले घटेका छन् ।

यो समाचार कात्तिक १९ गते साढे १ बजे तयार पारिएको हो । समाचार तयार पार्दै गर्दा १४० कम्पनीका सेयर ३८३९ पटक खरिद विक्री भएका छन् । कूल ६ लाख ९२ हजार ८२१ कित्ता सेयर २९ करोड २८ लाख ८८ हजार रुपैयाँमा खरिद विक्री भएका थिए ।


क्लिकमान्डु