एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ ।
३० प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ५० करोड पुग्ने छ ।


क्लिकमान्डु