कसरी मोवाइलमा फेसबुक चलाउँदा डाटा बचाउन सकिन्छ ?




काठमाडौं । स्मार्टफोनको बढ्दो प्रयोगसँगै सामाजिक संजालको प्रयोग बढिरहेको छ । स्मार्टफोन प्रयोगकर्ताहरुको दिनचर्या सामाजिक संजालबाट सुरु भएर सामाजिक संजालमा अन्त्य हुने गरेको छ ।

मानिसहरुले वाईफाइ कनेक्सन भएको ठाउँमा वाईफाइ र अन्य स्थानमा मोबाइल डाटाको सहयोगबाट सामाजिक संजाल प्रयोग गर्ने गरेका छन् ।

डाटाबाट सामाजिक संजालको प्रयोग गर्दा मानिसले डाटामा धेरै पैसा खर्च गर्ने गरेका छन् । सामाजिक संजालमा रम्ने व्यक्तिहरुका लागि न्यूनतम शुल्कमा डाटा खरिद गर्ने उपाय छन् ।

सामाजिक संजाल प्रयोगकर्ताले सबैभन्दा धेरै समय र पैसा फेसबुक चलाउ खर्च गर्ने गरेका छन् । फेसबुक चलाउदै गर्दा निस्कने भिडियो अटोम्याटीक प्ले हुन्छ । यसबाट अधिक डाटा खपत हुन्छ ।

यसरी बचाउनु होस् डाटा

अनावश्यक डाटाको खपतबाट जोगिनका लागि एप्पसको सेटिङ्मा गएर केहि हेरफेर गर्नु पर्ने हुन्छ । यसको लागि सबैभन्दा पहिला फेसबुक एपमा जानुपर्छ । त्यहाँ तीन वटा डट देखिन्छ त्यसमा क्लिक गर्ने । सेटिङ्को तल्लो भागमा भिडीयो अटोप्ले अप्सन भेटिन्छ । यस अप्सनमा वाइफाइ मात्र छान्नु पर्दछ । यसरी फेसबुकमा ज्यादा डाटा खर्च हुनबाट बच्न सकिन्छ ।

ह्वाट्स एप पनि हामीले निकै प्रयोग गर्ने सामाजिक सञ्जालको रुपमा पर्दछ । यसबाट पनि डाटाको खपत ज्यादै हुने गर्छ । डाटालाइ नियन्त्रण गरेर चलाउन केहि उपाय रहेका छन् । पहिले ह्वाट्स एप सेटिङ्मा जानु पर्ने हुन्छ । डाटा युजेजमा थिच्ने ।

यसमा केहि अप्सन देखापर्छन् । यसमा पहिलो अप्सनको मिडीया डाउनलोडमा थिच्नुपर्दछ । यसमा अरु दुइटा विकल्प देखा पर्छन् । वाइफाइको अप्सन छान्न जरुरी हुन्छ । यसो गर्दा ह्वाट्स एपमा आउने भिडियो डाउनलोड हुदैन । यसो गर्दा आफ्नो फोनमा आफूले चाहेको भिडियो मात्रै डाउनलाड हुन्छ ।


क्लिकमान्डु