३४ बर्षे युवा जसले काठमाडौंमा पानी बोकेरै मासिक ३ लाख कमाउँछन्




काठमाडौं । नेपालमै बसेर ठुला कम्पनीमा राम्रै तलबको जागीर नखाएपनि मेहेनत गर्यो भने मासिक ३ लाख रुपैयाँसम्म कमाउन सकिन्छ । यो सुन्दा सायद कसैले झट्ट पत्याउला तर, यो सत्य हो ।

कुनै कामलाई निरन्तरता दिन र मेहेनतगर्न सके नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने कुराको एक उदाहरण हुन् कृष्ण लामा । उनी पानीको जार र मिनिरल वाटर ठाउँ ठाउँमा पुराएर नै मासिक ३ लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

‘गाउँघरमा निकै दुख थियो, पढ्न सकिन पढाइ छाडेर २०५१ सालमा काठमाडौं आएको हुँ ।’ उनि आफु काठमाडौं आउनाको कारण सम्झन्छन् ।

उनले आफ्नो जीवनमा कम दुख गरेका छैनन् । गाउँमा पढ्ने पैसा नभएर पैसा कमाउने चाहमा काठमाडौं आएका उनले काठमाडौंमा पैसाको रुख नै हुन्छ भन्ने सोचेका थिए रे । तर, उनले सोचे जस्तो कहाँ थियो र, काठमाडौंमा पैसाको रुख रहेन छ उनि बिगत सम्झन्छन् ।

मालिकको प्रस्ताब थियो ‘उनले गुडाउने गरेको गाडी आफै किस्तामा ११ लाख रुपैयाँमा किन्ने ।’ उनले त्यो प्रस्तावलाई नकार्न सकेनन् र गाडी मालिकसमेत बने ।

‘सुरुका दिनमा ३/४ दिन भोक भोकै नयाँ बसपार्कको छेउँमा सुतेर बिताए । काठमाडौं आएको एक हप्तापछि गाडीमा सहचालक बनेर काम गर्ने मौका पाएँ ।’ लामाले बिगत सम्झिए ।

गाडी गुडाउन पाउने आसमा नै उनले दुःख सुख सहचालक बनेर काम गर्दै आफ्नो जीविको पार्जन गर्न थाले । केही वर्षपछि गाडी गुडाउन सक्ने बने ।

चालक बनेपछि उनले पानी ओसार पसार गर्ने गाडी गुडाउने मौका पाए । बिस्तारै जार तथा मिनिरल वाटर ओसा पसार गर्ने काम गर्दै आएका उनिले अहिले भने राम्रै कमाई गरिरहेका छन् ।

ठाउँ ठाउँमा पानी पुराउने गरेका उनले काठमाडौंबाट कहिले धादिङ, ककनी, त्रिशुली त कहिले काठमाडौं पुर्याउने काम गर्न थाले । गाडीमा पानीका जार लोडिङ गरी ठाउँ ठाउँमा पुराउने काम गर्दै आएका उनले एक दिन उनका मालिकबाट एउटा प्रश्ताव पाए ।

मालिकको प्रस्ताब थियो ‘उनले गुडाउने गरेको गाडी आफै किस्तामा ११ लाख रुपैयाँमा किन्ने ।’ उनले त्यो प्रस्तावलाई नकार्न सकेनन् र गाडी मालिकसमेत बने । अहिले उनको दैनिकी गाडीमा मिनरल वाटर र जारको पानी हालेर ठाउँ ठाउँमा डेलिभर गर्ने भएको छ ।

अहिले उनको आफ्नै गाडी छ, लोड अनलोड समेत आफै गर्छन् । यसरी दिनरात नभनि कामगर्दा उनले मासिक ३ लाख रुपैयाँ बढी आम्दानी हुने गरेको बताए । काठमाडौंको नारायणथानमा आफ्नी आमासँग बस्दै आएका उनले मेहेनतको फल राम्रै पाइरहेका छन् ।

एक पटक विदेश जाने चाहाना बोकेका ३४ वर्षिया लामा यहिँ बसेर कामगर्दै आफ्नी आमालाई सुन्दर जीवन दिने चाहना राख्छन् ।


क्लिकमान्डु