सन्तपूर बस्ती निर्माणको रकम जुटाउन धुमुर्स साउदी जाँदै




साउदी अरव । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आउदो १७ नोभेम्बर २०१७ का दिन साउदी अरव आउदै छन् । धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न संस्कृतिक कार्यक्रमगर्न जान लागेका हुन् ।

असर अल अरबको हल जाबेर रोडमा सोहि दिन दिनको एक बजे वाट बिशेष सास्कृतिक कार्यक्रम हुदैछ ।

पारिवारिक समाज नेपाल साउदी अरब र सिटि एक्प्रेस मनिट्रान्सफरको संयुक्त आयोजना मा हुन लागेको सो कार्यक्रममा उनिहरुको बिषेश प्रस्तुतिका साथै अन्य कलाकार रबिन सुब्बा, दिपक बिक, राम तिवारी लगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नृत्य, गित, गजल र हास्यब्यंग कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ ।

नेपाली राजदूताबास साउदी अरबका राजदुत डा. महेन्द्रप्रसाद सिंहको समेत उपस्थितिमा हुने कार्यक्रम हेर्नका लागि रियाद अलखार्ज , दम्माम जुबेल जेद्दा अल कसीम लगायतका क्षेत्रबाट रोजगारको सिलसिलामा साउदी अरव आएका नेपालीहरुको बाक्लो उपस्थिति रहने पारिबारिक समाजका महासचिव अरुणकुमार बेलबासेले जनाएका छन् ।

बेलबासेका अनुसार कार्यक्रम मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिने आयोजकले बताएका छन् ।


क्लिकमान्डु