एसियन लाइफको पाल्पा र घोराही उपशाखा अब शाखामा परिणत



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले पाल्पाको उपशाखालाई स्तरोन्नती गरी शाखा कार्यालयको रुपमा संचालनमा ल्याएको छ । यो कम्पनीको २४औं हो ।

त्यसैगरी दाङ्ग जिल्लाको घोराहीमा अवस्थित उपशाखालाई पनि स्तरोन्नती गरी २५औं शाखाको रुपमा आज शुक्रबार देखि संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले गरेका हुन् ।

अब कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी जम्मा ९५ स्थानमार्फत सेवाग्राहीलाई बीमा सेवा प्रदान गर्ने छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने कम्पनीले जारीगरेको बिज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा लगायतका योजना बिक्री गरिरहेको छ ।


क्लिकमान्डु