जुकरबर्गले फेसबुकको सेयर बेच्ने घोषणा गरेसँगै लगानीकर्ताले हाले मुद्दा




काठमाडौं । मार्क जुकरबर्गले आगामी १७ महिना भित्र ठूलो संख्यामा फेसबुकको सेयर बिक्री गर्ने भएका छन् । यसको मूल्य हालको बजार मूल्यका आधारमा ६ अर्बदेखि १२.८ अर्ब डलरसम्मको हुनेछ ।

जुकरबर्गल ३ करोड ५० लाखदेखि ७ करोड ५० लाखसम्म सेयर बिक्री गर्ने फेसबुकको सेक्युरिटिज फाइलिङमा उल्लेख गरिएको छ ।
यो बिक्रीको पैसा जुकरबर्ग र उनकी श्रीमती प्रिसिला चानले चासो लिएको परोपकारी काममा जानेछ ।

सेयरको नयाँ वर्ग सिर्जना गर्ने विषय हटाइएको कम्पनीले जनाएको छ । यसले जुकरबर्गलाई कम्पनीको मतदानमा आफ्नो नियन्त्रण कायम गर्नका लागि सहयोग पुग्नेछ ।

सेयर बिक्रीपछि वास्तविक स्वामित्व धेरै थोरै हुने भए पनि कम्पनीको मतदान प्रक्रियामा जुकरबर्गको नियन्त्रण कायमै रहने बताइएको छ । लगानीकर्ताहरुले उनको योजना रोक्न मुद्दा हालेका छन् ।

विज्ञापनबाट १० अर्ब डलरभन्दा बढी आम्दानी भएपछि फेसबुकको नाफामा बृद्धि भएको छ ।

फेसबुकको शेयर मूल्य भने केही समय यता निरन्तर ओरालो लागेको छ । विहिबार फेसबुकको शेयर मूल्य १ सय ७८.९२ डलरमा कारोबार भएको थियो । बुधबार फेसबुकको शेयर मूल्य १ सय ८२.६६ डलर रहेको थियो ।

फेसबुकले बिज्ञापनबाट ३ महिनामा कमायो १० अर्ब डलर

विज्ञापनबाट १० अर्ब डलरभन्दा बढी आम्दानी भएपछि फेसबुकको नाफामा बृद्धि भएको छ । सेप्टेम्बरसम्मको ३ महिनाको अवधिमा फर्मले ४.७ अर्ब डलर नाफा गरेको छ । यो वर्षिक मापनका आधारमा ८० प्रतिशत बढी भएको फर्मका प्रमुख कार्यकारी मार्क जुकरबर्गले बताए ।

अमेरिकी विधायकहरुले अझै पनि २०१६ को चुनावमा रुसी प्रोपोगान्डा अभियन्ताहरुले यो प्लेटफर्म प्रयोग गरेको सम्भावनाका बारेमा परिक्षण गरिहेका छन् । जुकरवर्गले प्लेफर्मबाट हुनसक्ने दूरुपयोग रोक्न आफूहरु संवेदनशील भएको बताए ।


क्लिकमान्डु