हस्तकला व्यापार मेला मंसिर १ गतेबाट भृकुटी मण्डपमा




काठमाडौं । नेपाल हस्तकला महासंघले १५ औं ‘हस्तकला व्यापार मेला यही २०७४’ मंसिर १ देखी ५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ ।

नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा उक्त मेला हुन लागेको हो ।

नेपाली हस्तकलाको उत्पादनको बारेमा जनकारी दिने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले बताएका छन् । नेपाली हस्तकलाका उत्पादन संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारतलगायत झण्डै ८० मुलुकमा निर्यात भइरहेको छ ।

यस क्षेत्रमा झण्डै ११ लाख भन्दा वढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको आयोजकको दाबी रहेको छ ।
मेलामा ९ वटा प्याभिलियन सहित करिब २०० स्टल रहने छन् । हालसम्म ९ वटा प्याभिलियन र करिब ९५ प्रतिशत स्टलहरु बिक्री भईसकेको आयोजकले जानकारी दिएका छन् ।

मेलामा नेपाल नेपाल भरका २५ जिल्लका उद्यमी ब्यवसायीको सहभागिता रहने छ ।

१३औं हस्तकला प्रतियोगिता

काठमाडौ महानगरपालिका र ललितपुर उप महानगरपालिकाको सहयोगमा परम्परागत विधा तर्फ (लोक चित्रकला) र आधुनिक विधा तर्फ नेपालको निर्यात ब्यापारमा योगदान पु¥याउदै आएको कलात्मक डिजाइनका (पोतेजन्य वस्तु)मा प्रतियोगिता संचालन गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा प्रथम हुनेलाई पचास हजार, द्वितीय हुनेलाई तीस हजार र तृतीय हुनेलाई बीस हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।


क्लिकमान्डु