समूहगत परिसूचकहरु घटेपछि नेप्से ७.०२ अंकले ओरालो लाग्यो



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०२ अंकले घटेको छ । नेप्से ०.४६ अंकले घट्दा १५२६ .५१ विन्दुमा पुगेको हो ।

नेप्सेमा आज १ सय ५९ कम्पनीका १ लाख ३१ हजार ८ सय कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ४२ करोड २६ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

उत्पादनमूलक समूह र अन्य समूह बाहेक बैंकिङ समूह ६.४७, विकाश बैंक समूह १३.४१, बीमा समूह ४९.७, होटल समूह ९.६१, जलविद्युत समूह ६.८६, माइक्रो फाइनान्स ४९. ७ र वित्तिय समूह ३.८८ अंकले घटेका छन् । उत्पादनमूलक समूह २३.४८ र अन्य समूह ०.५८ अंकले बढेका हुन् ।

मल्टीपरपोज फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.८० प्रतिशतले कमाइ गरेका छन् । भार्गब विकास बैंकका लगानीकर्ताले ७.२९१७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु