असोज मसान्तमा ८५ करोड नाफा गर्दापनि नबिलको इपिएस घट्यो



काठमाडौं । नबिल बैंकले असोज मसान्तमा ८५ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्षको असोज मसान्तको तुलनामा यो वर्ष नबिलले ६ प्रतिशतले नाफा बढाएको हो ।

नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पर्छ । नबिलले नाफा ६ प्रतिशतले बढाएर ८५ करोड गर्दापनि उसको प्रति सेयर आम्दानी(इपिएस) भने ओरालो लागेको छ ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ३६ करोड,कमिसनबाट १५ करोड,विदेशी मुद्राको कारोबारबाट १७ करोड तथा अन्य संचालन आम्दानी १० करोड गरेको छ ।

नबिलले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ४१ रुपैयाँ १० पैसा छ । जबकी अघिल्लो वर्ष इपिएस ५० रुपैयाँ थियो ।

८ अर्ब चुक्ता पुँजी भएको नबिल बैंकको रिजर्बमा ६ अर्ब ९० करोड रुपैयाँ छ ।
असोज मसान्तसम्ममा नबिल बैंकको निक्षेप १ खर्ब २३ अर्ब तथा कर्जा प्रवाह ९४ अर्ब ९८ करोड रहेको छ ।

अघिल्लो वर्ष असोज मसान्तमा नबिलको निक्षेप १ अर्ब २० करोड तथा कर्जा ८३ करोड थियो ।

चुक्ता पुँजीमा भएको बृद्धि अनुसार नाफा नबढ्दा नबिलको पनि रिर्टन अन इक्युटी भने घटेको छ । नबिल बैंकले २३.४५ प्रतिशत छ । अघिल्लो वर्ष आरओई २७ प्रतिशत थियो ।

बैंकको कर्जा निक्षेप अनुपात(सिडी रेसियो) ७५ प्रतिशतमा छ । यसले बैंक सहज कर्जा दिनको लागि समस्या नभएको अवस्था देखाएको छ ।

यस्तै आज सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले पनि असोज मसान्तको रिपोर्ट सार्वजनिक गरेको छ ।

जस अनुसार वाणिज्य बैंकले असोज मसान्तमा ७० करोड नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकले २० करोड रुपैयाँ नाफा बढाएको हो ।
नाफा बढाउदै गएपछि वाणिज्य बैंकले रिबर्जमा पनि ३ अर्ब ८२ करोड पुर्याएको छ ।
८ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको वाणिज्य बैंकसँग १ खर्ब ४८ अर्ब निक्षेप छ । यो वाणिज्य बैंकहरुमा भएको सबैभन्दा बढी निक्षेप हो ।

यस्तै वाणिज्य बैंकले १ खर्ब ६ अर्ब कर्जा दिएको छ ।

बैंकले १ अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको छ । कमिसनबाट १२ करोड,विदेशी विनिमयबाट २ करोड ६२ लाख तथा अन्य संचालन आम्दानी १५ करोड कमाएको छ ।


क्लिकमान्डु