सूर्या लाईफ र जनता बैंक बीच इन्स्योरेन्स सम्झौता



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र जनता बैंक बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार जनता बैंक नेपालको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिने संयुक्त जारी विज्ञप्तीमा उल्लेछ ।

सम्झौतामा सूर्या लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्सुराम कुँवर क्षेत्रीबाट संयूक्त हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु