हत्या गरेको १९ वर्षपछि माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ



काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले हत्या आरोपमा फरार भएका बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

माओवादी नेता ढुंगेलले हत्या गरेको आरोपमा सर्बोच्चले जेल सजाय सुनाएको थियो ।
सर्बोच्चले फैसला सुनाएपनि उनी पक्राउ परेका थिएनन् ।

माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेल पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकेर बस्दै आएका थिए । उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको हो ।

ढुंगेलले ओखलढुंगा उज्जन श्रेष्ठको हत्या गरेकोमा सर्बोच्चले जेल सजाय सुनाएको थियो ।


क्लिकमान्डु