पर्यटन विकासका लागि राजनीतिक दलहरुको सामूहिक प्रतिवद्धता




काठमाडौं । होटल तथा पर्यटन व्यवसायीहरुले नेपालका सातवटै प्रदेशमा पर्यटन तथा होटल उद्योगको विकासका लागि मुख्य राजनीतिक दलहरुको सामुहिक प्रतिवद्धताको अपेक्षा गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा होटल संघ नेपाल, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण संघ, नेपाल एसोसिएसन अफ राफ्टिङले संयुक्त रुपमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग होटल र पर्यटन व्यवसायलाई प्राथमिकतामा राखेर चुनावी घोषण पत्र निर्माण गर्न आग्रह गरेका हुन् ।

राजनीतिक नेतृत्वले होटल र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर चुनावी घोषण पत्र निर्माण गर्नुपर्ने होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यको भनाई छ ।
राज्यले आर्थिक विकासका लागि उचित वातावरण निर्माण गरेमा सातवटै प्रदेशमा होटल तथा पर्यटन व्यवसायमा लगानी गर्न व्यवसायी तत्पर रहेको उनले बताए ।

पर्यछन व्यवसाय दिगो आथिएक विकासको आधार भएकाले होटल तथा पर्यटन व्यवसायीहरुको चासोमा पार्टीको ऐक्यबद्धता रहेको माओबादी केन्द्रका सचिवालय सदस्य श्री लिलामणी पोख्रेलले बताए ।

पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाश शरण महतले पर्यटन विकासको विषय नेपाली काँग्रेसको घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता जाहेर गरे ।

एमाले पर्यटन विभागका प्रमुख सुर्य थापाले पनि पार्टीले तयार गर्ने चुनावको घोषणापत्रमा पर्यटन विकासको विषय प्राथमिकतामा राखिने बताए ।


पुष्प दुलाल