एमाले छाडेर कांग्रेस प्रवेश गरेका अर्बपति चौधरीलाई देउवाले लेखे यस्तो पत्र



काठमाडौं । नेकपा एमालेबाट २०६४ सालमा संविधासभा सभासद् भएका अर्बपति विनोद चौधरीलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पत्र पठाएका छन् ।

उनलाई कांग्रेसले प्रतिनिधिसभा तर्फ समानुपातिकमा उम्मेद्वार बनाएको छ ।
नेकपा एमालेसँग निकट मानिएका चौधरी कांग्रेसबाट उम्मेद्वार बनेकोमा व्यवसायिक बृत्तपनि आश्चर्यमा परेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले चौधरीलाई पठाएको पत्रमा आर्थिक विकासको नेतृत्व लिन आग्रह गरेका छन् ।

बैदेशिक लगानी भित्राउन चौधरीको भूमिका ठूलो हुने देउवाले पठाएको पत्रमा भनिएको छ ।


क्लिकमान्डु