सांग्रिला डेभलपमेन्ट बैंक १४औं वर्षमा प्रवेश



काठमाण्डौं । बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १३ बर्ष पुुरा गरि १४ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकको केन्द्रीय कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कालीमाटी सोल्टीमोड स्थित आमा घरका ३० जना बृद्ध बृद्धाहरुलाई खाद्यन्न सामाग्री, ग्यास वितरण तथा भोजन गराएको बैंकले जनाएको छ ।

बैैंकका संचालक चुुडामणी ढकाल, निरन कुुमार श्रेष्ठ, प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल तथा नायव प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीको उपस्थितीमा सो कार्यक्रम गरिएको हो ।

त्यस्तै क्षेत्रीय कार्यालय, पोखराले बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठ तथा संचालक शिबलाल मल्ल तथा पूूर्व अध्यक्ष प्रा.सुुरेन्द्र बहादुुर भारीजुुको उपस्थितीमा पोखराको लेखनाथ स्थित राधाकृष्ण बृद्धाश्रमका ४५ जना बृद्ध बृद्धाहरुलाई न्यानो लत्ता कपडा, खाद्यान्न वितरण तथा भोजन गराइएको छ । आश्रममा अध्ययन गर्ने बालबालिकाहरुलाई कापी कलम समेत वितरण गरिएको छ । अन्नपूूर्ण आत्मनिर्भर बालआश्राम बाटुुलेचौरका ४० जना अनाथ बालबालिकाहरुलाई पनि भोजन गराइएको बैंकले जनाएको छ ।

क्षेत्रीय कार्यालय, नेपालगञ्जमा बंैकका संचालक अच्युुत प्रसाद प्रसाईले निलसागर बृद्धाश्रम तथा भेरी बृद्धाश्रम गई २६ जना बृद्ध बृद्धाहरुलाई न्यानो लत्ता कपडा, खाद्यान्न वितरण र भोजन गराएको बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

बैंकले आर्थिक बर्ष २०७३/७४ को असार मसान्तसम्म निक्षेप संकलन १३ अर्ब ८७ करोड रुपैयाँ छ । बैंकले कर्जा ११ अर्ब ६७ करोड रुपैयाँ प्रवाह गरेको छ । संचालन मुुनाफा ५४ करोड ८८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाए ।

बैंकको ३५ शाखा १ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुबित्त शाखा छ ।


पुष्प दुलाल