आयल निगमका कार्यकारी निर्देशक खड्का मन्त्रालय तानिए




काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तानिएको छ । आयाल निगमको भण्डारण केन्द्रको लागि जग्गा खरिद प्रकरणमा बिबादमा परेका खड्कालाई सोमबार (आज) मन्त्रालयमा तानिएको हो ।

खड्कालाई मन्त्रीस्तरीय निर्णय गरेर आजदेखि मन्त्रालय काजमा तानिएको मन्त्रालय उच्च स्रोतले जानकारी दियो ।

‘आजैदेखि लागू हुने गरी निगमका कार्यकारी निर्देशक खड्कालाई मन्त्रालय तानिएको छ,’ आपूर्ति मन्त्रालय उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।


क्लिकमान्डु