हुम्लाको सार्केडाँडा पुग्यो सिटिजन्स बैंक




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । उक्त शाखाबाट बैंकले ग्राहक वर्गहरुलाई रेमिट्यान्स, ड्राफ्ट, भिसा एटिएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड लगायतका सेवा दिने जनाएको छ ।

हुम्लाको सदरमुकाम सिमिकोट भन्दा करिव ४१ किलोमिटर दुरीमा रहेको यस शाखाको सुरुवातगर्दै ‘देश संघीयतामा गएसंगै दुरदराजका नेपालीजनतालाई बैंकिंग सुबिधा र पहँुचपुर्याउन बैंक कटिबद्ध रहेको छ’ बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

निकट भविष्यमानै बैंकले झापाको हल्दिबारी, महोतरीको औरही र दांङको बंगलाचुलीमा थपशाखा संचालनगर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिए ।


क्लिकमान्डु