यी हुन् असोज महिनामा लगानीकर्ताको सबैभन्दा बढी रोजाइमा परेका कम्पनीहरु




काठमाडौं । असोजको दोस्रो साता नसकिँदै दशैंले झ्याप्पै छोपिसकेको थियो । तर, असोज लागेदेखि नै बजार निकै अस्थीर देखिएको थियो । कुनै दिन पुँजी बजार मापक नेप्से परिसुचक निकै बढेको थियो भने कुनै दिन निकै घटेको थियो ।

तर, असोज महिनाभरमा समग्रमा नेप्से परिसुचक ११.२४ अंकले बढेको थियो । असोज १ गते १५४७.९४ बिन्दुमा रहेको नेप्से परिसुचक असोज ३१ गते १५५९.१८ बिन्दुमा पुगेको थियो ।

सो महिनामा कारोबार रकम, बजार पुँजीकरण, सेयर खरिद विक्री संख्या र कारोबार संख्याको आधारमा लगानीकर्ताले सबैभन्दा बढी रुचाएका कम्पनीको छनोट गरिएको हो । नेपाल स्टक एक्सचेन्जले यी सबै आधारमा उत्कृष्ट १० कम्पनीको बर्गीकरण गरेको छ ।

यी हुन् रकमका आधारमा उत्कृष्ट १० कम्पनीहरु
असोज महिनामा रकमका आधारमा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीका २९ करोड २३ लाख रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम, बजार पुँजीकरण, सेयर खरिद विक्री संख्या र कारोबार संख्याको आधारमा लगानीकर्ताले सबैभन्दा बढी रुचाएका कम्पनीको छनोट गरिएको हो ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको २५ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सकै साधारण सेयर २४ करोड ७ लाख र चिलिमे जलविद्युत कम्पनीको सेयर २३ करोड ९२ लाख रुपैयाँमा खरिद विक्री भएका छन् ।

धेरै रकमको कारोबार हुनेमा लघुवित्त कम्पनीका सेयर पनि परेका छन् । असोज महिनामा डिप्रोक्स विकास बैंकका १९ करोड ९१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भए । यस्तै बैंक अफ काडमाडूका १८ करोड १५ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका १८ करोड, नागरिक लगानी कोषका १६ करोड ९३ लाख, एभरेष्ट बैंकका १५ करोड ८७ लाख र सानिमा बैंकका १४ करोड २७ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएका छन् ।

बजार पुँजीकरणका आधारमा उत्कृष्ट १० कम्पनीहरु
बजार पुँजीकरणका आधारमा असोज महिनामा पनि नेपाल दुरसंचार कम्पनी नै अग्रस्थानमा रहेको छ । सो कम्पनीको बजार पुँजीकरण १ खर्ब १७ अर्ब रुपैयाँ पुग्यो । यस्तै नबिल बैंकको १ खर्ब २ अर्ब ३३ करोड १४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८७ अर्ब ५२ करोड ४८ लाख, एभरेष्ट बैंकको ७५ अर्ब १ करोड ७९ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको ६९ अर्ब ७ करोड १८ लाख रुपैयाँ बजार पुँजीकरण पुगेको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६२ अर्ब ५ करोड २४ लाख, हिमालयन बैंकको ५७ अर्ब ९६ करोड ७९ लाख, नेपाल एसबिआइ बैंकको ५७ अर्ब ८६ करोड ५९ लाख, राष्ट्रिय बीमा कम्पनीको ४१ अर्ब ९९ करोड ५२ लाख र कृषि विकास बैंकको ३१ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ बजार पुँजीकरण भएको छ ।

सेयर संख्याका आधारमा यी हुन १० उत्कृष्ट कम्पनीहरु
सेयर कारोबार संख्याका आधारमा जनता बैंक असोज महिनाभर १ नम्बरमा रह्यो । सो कम्पनीको ४ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । यस्तै बैंक अफ काठमाडौंको ४ लाख २२ हजार, नेपाल बैंकको ४ लाख, सानिमा बैंकको ३ लाख ८९ हजार कित्ता र कुमारी बैंकको ३ लाख ६२ हजार कित्ता सेयर कारोबार असोज महिनामा भएको छ ।

यस्तै असोज महिनामा नै नेपाल इन्भेष्टमेन्ट बैंकको ३ लाख ५७ हजार कित्ता, नेसनल हाइड्रोपावर कम्पनीको ३ लाख २८ हजार कित्ता, प्राइम कमर्शियल बैंकको ३ लाख कित्ता, चिलिमे जलविद्युत कम्पनीको २ लाख ८५ हजार कित्ता र नेपाल बंगलादेश बैंकको २ लाख ७३ हजार कित्ता सेयर कारोबार भएको छ ।

कारोबार संख्याका आधारमा उत्कृष्ट १० कम्पनीहरु
असोज महिनामा सबैभन्दा धेरै पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर खरिद बिक्री भएका छन् । सो बैंकको सेयर ३ हजार ७ सय ७६ पटक खरिद बिक्री गरिएको हो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ हजार ५ सय ७७ पटक, हिमालयन पावर पार्टनरको २ हजार ४ सय १४ पटक, सानिमा बैंकको २ हजार ३२ पटक, चिलिमे जलविद्युत कम्पनीको १ हजार ९ सय ४७ पटक सेयर खरिद विक्री भएको छ ।

नेप्सेले दिएको जानकारी अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ हजार ९ सय ८ पटक, प्राइम कमर्शियल बैंकको १ हजार ५ सय ४१ पटक, जनता बैंकको १ हजार ३ सय २२ पटक, एभरेष्ट बैंकको १ हजार २ सय १२ पटक र नेपाल बंगलादेश बैंकको १ हजार २ सय ११ पटक सेयर कारोबार भएको छ ।


क्लिकमान्डु