आईफोन एक्सः बिक्री खुल्ला भएको आधा घण्टामा सबै बिक्री



काठमाडौं । एप्पल आईफोन एक्स भारतमा हिजो फ्लिपकार्टले अग्रिम बुकिङ खुल्ला गरेको थियो । नेपाली समय अनुसार दिउँसो १२.४६ मा खुलेको प्री बुकिङ आधा घण्टामा नै पुरै बिक्री अर्डर लिएर बन्द भएको हो ।

फ्लिपकार्टले दिएको जनकारी अनुसार सिमित स्टकको लागी बिक्री खुल्ला गरिएको थियो । यसलाई भारतिय संचारमाध्यमहरुले प्राथमिकताकासाथ समाचार बाएका छन् ।

भारतमा ६४ जीबी फोनको मूल्य ८९ हजार भारु तय गरिएको छ भने २५६ जीबी फोनको मूल्य १ लाख २ हजार राखिएको छ ।

यस्ता छन् बिषेशता

यो फोन ६४ जिबी र २ सय ५६ जिबी इन्टरनल स्टोरेज क्षमताको रहेको छ । ५ दशमलब ८ इन्चको स्क्रिन रहेको यो सेटको रिजोलुसन ११२५* २४३६ पिक्सेलको रहेको छ । यो सेटको डिस्प्ले अहिले बजारमा रहेका मोवाइलहरु मध्ये सर्वाधिक स्पष्ट भएकै कारण यसको नाम सुपर रेटिना डिस्प्ले राखिएको छ ।

स्टेनलेस स्टिलको बडी रहेको यो सेटमा १२ मेगा पिक्सेलको डुअल रिअर क्यामेरा रहेको छ । यो क्यामेरा मार्फत् कम प्रकाशमा पनि खिच्न मिलोस् भनेर एउटा क्यामेराको एपार्चर १.८ र अर्कोको २.४ राखिएको छ । फ्रन्ट क्यामेरा भने ७ मेगापिक्सेलको रहेको छ ।

यो सेटको अर्को बिशेषता भनेको होम बटन नहुनु पनि हो । स्क्रिनलाई स्वाइप गरेको आधारमा बिभिन्न बटनहरु खुल्ने गर्छ ।

यो सेटको ब्याट्रिलाई वायरलेस चार्जर मार्फत् चार्जिङ गर्न मिल्छ भने यसको ब्याट्रि क्षमता पछिल्लो मोवाइल भन्दा दुई घन्टा बढी रहेको एप्पलले जनाएको छ ।

दुई कलरमा उपलब्ध रहेको यो सेट ६४ जिबी क्षमताको करिब १ हजार अमेरिकी डलर तोकिएको छ भने २ सय ५६ जिबी क्षमताको १ हजार १ सय ५० डलर तोकिएको छ । आगामी अक्टुबर महिना देखि बुकिङ खुला रहने यो सेट सम्भवत नोभेम्बर ३ तारिख देखि प्रयोगकर्ताको हातमा आउने एप्पले जनाएको छ ।


क्लिकमान्डु