मोर्डन इलेक्ट्रिक ‘होन्डा स्पोर्टस् इभी कन्सेप्ट कार’ सार्वजनिक



जापनिज् कार निर्माता कम्पनी होन्डाले ‘होन्डा स्पोर्टस् इभी कन्सेप्ट कार’ सार्वजनिक गरेको छ ।

विश्वकै नौलो र मोर्डन इलेक्ट्रिक कारको उपमा दिइएको उक्त कार हाईब्रिड हो ।

इलेक्ट्रिक कार उत्पादन गर्ने विश्वका सवारी उत्पादक कम्पनीको प्रतिस्प्रर्धामा होन्डले पनि इलेक्ट्रिक होन्डा कन्सेप्ट कार सार्वजनिक गरेको हो ।

जापानको टोकियोमा संचालन भइरहेको मोटर शो मा कार सार्वजनिक गरिएको हो ।

मंगलबार सार्वजनिक गरिएको उक्त कार निकट भविष्यमै विश्व बजारमा व्यवसायिक उत्पादन थाल्ने घोषणा होन्डा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टाकाहिरो हाचिगोले गरेको छन् ।

होन्डाले मंगलबार सार्वजनिक गरेको टेक्नोलोजीमै सन् २०१९ सम्ममा उर्वान इभि कार उत्पादन गर्ने यसअिघनै घोषणा गरिसकेको छ । उर्वान इभि युरोप तथा अमेरिकन बजारमा नजाने देखिएपछि होन्डाले ‘होन्डा स्पोर्टस् इभी कन्सेप्ट कार तयार पारको कम्पनीले जनाएको छ ।

सेडान सेगमेन्टमा रहने उक्त कार एसिया, युरोप तथा अमेरिकमा रुचाइने कार हुने होन्डाले दावी गरेको छ । कम्पनीले इभी र एआइ भर्सनमा उत्पादन गर्ने समेत घोषणा मंगलबार गरेको छ ।


क्लिकमान्डु