चिनियाँ कम्युनिस्ट पार्टीले छान्यो नयाँ नेतृत्व



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको आज विहान सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनले वर्तमान राष्ट्रपति सि जिनपिङलाई नै महासचिवमा निर्वाचित गरेको ।

महासचिव सि पार्टीको महासचिव, राष्ट्रपति र सैन्य आयोगको प्रमुख समेत रहनेछन् । उनलाई पार्टी र राष्ट्रको नेताको उपमा दिदै सम्पूर्ण कार्यकारी अधिकार समेत प्रदान गरिएको छ ।

महाधिवेशनले सात सदस्यीय नयाँ स्थायी समिति समेत चयन गरेको छ । उक्त स्थायी समितिको कार्यकाल आगामी पाँच वर्षको हुनेछ । पुरानो स्थायी समितिका सदस्य तथा वर्तमान प्रधानमन्त्री ली खछ्याङलाई निरन्तरता दिइएको छ । उनको उमेरहदका कारण विदा लिने बताइएको थियो ।

को को छन् सात सदस्यीय स्थायी समितिमा
सी जिनपिङ
ली खछ्याङ
ली झाङ्सु
वाङ याङ
वाङ हुनिङ
झाओ लेजी
हान झेङ

महाधिवेसनले पार्टीको आधिकारिक दस्तावेजमा नै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेको छ ।

सो विचारधारालाई आर्थिक समृद्धिको आधारमा चिनियाँ प्रकृतिको समाजवाद भन्ने अर्थ लगाइएको छ । चिनियाँ नेता माओ त्से तुङ पछि हालसम्मकै सर्वोच्च नेताका रुपमा सिलाई उल्लेख गरिएको छ ।

महासचिव समेत रहेका राष्ट्रपति सिले आफ्ना उत्तराधिकारी घोषणा गर्ने बताएपनि त्यस्तो कुनै निर्णय नभएको बताइन्छ ।

नयाँ चीन, नयाँ समाजवाद चिनियाँ सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।

चिनियाँ समाचार एजेन्सीहरुकाअनुसार राष्ट्रपति सि को पछिल्लो पाँच वर्षे कार्यकालमा मात्रै ४५ लाख बढी चिनियाँ नागरिक आधारभूत रुपमा गरिबीको रेखाबाट माथि उठेका छन् ।

सन् २०४९ मा समाजवादलाई समृद्ध बनाउने लक्ष्य राखिएको छ । विश्व नेतृत्वका लागि चीन भन्ने अवधारणा अगाडि सारिएको सन्दर्भमा राष्ट्रपति सिले आगामी दिनमा चाल्ने पाइलाले नै उनको यात्रा कसरी अगाडि बढ्छ भन्ने कुराको निर्धारण हुनेछ ।


क्लिकमान्डु