सिटिजन्सको नाफा घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा सिटिजन्स बैंकको नाफा घटेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा ३१ करोड ९० लाख नाफा गरेको छ ।

अघिल्लो वर्ष बैंकले असोज मसान्तसम्ममा ३४ करोड नाफा गरेको थियो ।
बैंकले अघिल्लो वर्ष नउठेको ऋण उठाउँदा नाफा ३६ करोड भएको थियो ।

तर,यो वर्ष नियमित संचालन नाफा बढेको छ । बैंकले ४२ करोड संचालन नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३५ करोड थियो ।

वाणिज्य बैंकहरुमा सबैभन्दा पहिला वित्तीय विवरण प्रकाशित गर्ने बैंक सिटिजन्स हो ।

पुँजीबृद्धिको अनुपातमा नाफा बृद्धि नभएको तथा अघिल्लो वर्षभन्दा नाफा घटेको हुँदा बैंकको रिर्टन अन इक्युटी(आरओई) भने घटेको छ । अघिल्लो वर्ष २१.९९ प्रतिशत रहेको आरओई यो वर्ष १३.९४ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी इपिएस १५ रुपैयाँ ९० पैसा रहेको छ ।


क्लिकमान्डु