निर्वाचन सुरक्षा मजबुत बनाउन सशस्त्र प्रहरी परिचालन
नुवाकोट । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ ।
प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न शुरु गरेको हो ।
यहाँ सशस्त्र प्रहरीको स्थायी युनिट नभएकाले आसन्न निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाएर शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन गराउन ‘निर्वाचन सुरक्षा बेश’का रूपमा सशस्त्र प्रहरीको टोली परिचालन भएको हो ।
सशस्त्र प्रहरी यसअघि वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन पहिलोपटक नुवाकोट आएको थियो । मंसिर १० गते हुने निर्वाचनमा लागि आइतबार उम्मेदवारी दर्तापछि चुनावी गतिविधि वृद्धि भएसँगै अहिले एक प्लाटुन रहेको फौज केही दिनमा १५ प्लाटुन जिल्लामा आउने सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
जिल्लामा सशस्त्र प्रहरीको स्थायी युनिट नहुँदा निर्वाचन सुरक्षा बेशमार्फत सेवा पु¥याउने सशस्त्र प्रहरीको भूमिका स्थानीय तहको निर्वाचनमा प्रभावकारी भएकाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पनि शान्तिपूर्णपमा सम्पन्न गर्न परिचालन हुने प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले बताए ।