चीन-दक्षिण एसिया एक्स्पो कात्तिक १६ गतेदेखि हुने



काठमाडौं । नेपालमा पहिलो पटक ‘चीन-दक्षिण एसिया एक्स्पो नेपाल’ आयोजना हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा यहि कात्तिक १६ गतेदेखि १९ गतेसम्म पहिलो पटक ‘चीन-दक्षिण एसिया एक्स्पो नेपाल’ आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

चिनियाँ बस्तु, मेसिन र त्यहाँको प्रविधि नेपाल भित्र्याउने उद्देश्यका साथ एक्पो आयोजना गर्न लागिएको नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपराज भट्टराईले जानकारी दिए ।

नेपाल, चीन, भारत, पाकिस्तान, श्रीलंका, म्यान्मार, बंगलादेश समेत सहभागी हुने एक्स्पोमा १ सय ५० वटा भन्दा पढि स्टल रहनेछ ।

४ दिनसम्म चल्ने एक्स्पोमा १ लाख भन्दा बढिले अवलोकन गर्ने र १० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा पनि गरिएको छ ।


क्लिकमान्डु