वाम र लोकतान्त्रिक गठबन्धनमा कहाँ को-को बागी (सूचिसहित)



काठमाडौं । वाम गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कारण गठबन्धन समस्यामा परेको छ ।

बागी उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने सम्मको धम्की दुवै पार्टीले दिएका छन् । तर केही जिल्लामा बागी उम्मेदवारी दर्ता गराएकाले भने आफूहरु पछाडि नहट्ने दावी समेत गरेका छन् । जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङलगायतका जिल्लामा बागी उम्मेदवारी दिएका छन् ।

जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् । यस्तै रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले कारवाही सहने उम्मेदवारी फिर्ता नलिने बताएकी छिन् ।

यस्तै हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले बागी उम्मेदवारी दर्ता गराएका छन । मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै रुकुम पूर्वमा पनि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाम मगर र प्रदेश सभाका सदस्यका लागि निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको छ ।

वाम गठबन्धनका बागी उम्मेदवार

जिल्ला आधिकारिक उम्मेदबार बागी उम्मेदवार
जाजरकोट शक्तिबहादुर बस्नेत गोविन्दविक्रम शाह
रामेछाप श्यामकुमार श्रेष्ठ लक्ष्मी गुरुङ
दोलखा पशुपति चौलागाई लालकुमार केसी
मुगु छिमी लामा छक्कबहादुर लामा र सोनामग्याल्जेन लामा
रामेछाप शान्ति पौडेल हेमन्त पौडेल
रामेछाप कैलाश ढुङ्गेल मैनकुमार मोक्तान
रुकुम कमला रोका तेजेन्द्र खाम मगर
रुकुम  तेजबहादुर ओली पूर्णिराज घर्ती
मनाङ खाण्डु लामा दिपक मनाङ्गे
संखुवासभा राजेन्द्र गौतम डा गुप्तबहादुर श्रेष्ठ
म्याग्दी विनोद केसी केपी अधिकारी

उस्तै छ काँग्रेसमा पनि बागीको पिर
वाम गठबन्धनमा मात्रै नभइ नेपाली काँग्रेसमा पनि बागीको पिरलो उस्तै रहेको छ । आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका कारण काँग्रेस भित्र पनि बागी व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन आज मंगलबारका लागि मिति तय गरेको छ ।

जिल्ला आधिकारिक उम्मेदवार बागी उम्मेदवार
लम्जुङ दीलबहादुर घर्ती द्वारिकाप्रसाद मिश्र
नुवाकोट जगदिश्वरनरसिंह केसी बद्री त्रिपाठी
संखुवासभा दीपक खड्का बालकुमार राई र मुक्तिसिंह राई
म्याग्दी भीमबहादुर गौचन नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी
ओखलढुंगा प्रदीपकुमार सुनार ज्ञानेन्द्र रुम्जाली


क्लिकमान्डु