चीनले किन्ने भयो १८ वर्ष भित्रमा ११ खर्व डलर खर्चेर ७ हजार जहाज



बेइजिङ । चिनियाँ विमान सेवा कम्पनीहरुले १८ वर्षभित्रमा ७ हजार २ सय ४० व्यापारिक प्रयोजनका विमान किन्ने प्रक्षेपण विश्वकै ठुलो जहाज निर्माता कम्पनी बोइङले गरेको छ । चीनले सन् २०३६ सम्ममा उक्त संख्याका ११ खर्ब डलर मूल्यका पर्ने जहाज खरिद गर्ने जनाएको छ ।

हालैमात्र सार्वजनिक गरिएको नयाँ २० वर्षे परिदृश्य विमान सेवा कम्पनीले सुरुमा गरेको अनुमानको तुलनामा ६.३ प्रतिशतले बढी हो । चीनको अवस्थाप्रति बोइङ पूर्ण रुपम आशावादी रहेको छ ।

‘चीनको लगातारको आर्थिक वृद्धि, पूर्वाधारमा गरिएको ठूलो परिमाणको लगानी, बढ्दो मधयम वर्ग र विमान व्यवसायमा भएको वृद्धिले दीर्घकालिन परिदृश्यलाई समर्थन गरेको छ,’ बोइङ कमर्शियल एयरप्लेनका मार्केटिङतर्फका उपाध्यक्ष ¥यान्डी टिनसेठले प्रतिवेदन मार्फत बताएका छन् ।

‘चीनको विमानको माग विश्वको औसतको तुलनामा बढीका दरले वृद्धि हुने अपेक्षा गरिएको छ । विश्वव्यापी नयाँ विमानको मागको झन्डै २० प्रतिशत चीनमा रहेका विमान सेवा कम्पनीबाट हुनेछ,’ टिनसेठले थपे ।

२०३६ सम्मको अवधिमा ५ हजार ४ सय २० नयाँ सिंगल एसले विमानको आवश्यकता पर्ने बोइङले जनाएको छ । यो कुल आपूर्तिको तीन चौथाई हो । समान अवधिमा चीनका लागि १ हजार ६ सय ७० नयाँ विमानको आवश्यकता पर्ने प्रक्षेपण बोइङ कम्पनीले गरेको छ ।
यात्रु ओसार पसार गर्ने विमान सेवाका लागि साना र मध्यम आकारका विमानको आवश्यकता पर्ने र ढुवानी गर्ने सञ्चालकका लागि ठूला विमानको आवश्यकता पर्ने बोइङको दावी छ ।

चीनको बाह्य बजारमा हुने यात्रुको संख्या चाडैनै वार्षिक २० करोड पुग्ने अनुमान बोइङको छ । आगामी २० वर्षको अवधिमा विश्वव्यापी रुपमा हेर्ने हो भने ४१ हजार ३० नयाँ व्यापारिक विमानको आवश्यकता पर्ने प्रक्षेपण बोइङको छ । यसको मूल्य ६१ खर्ब डलर पर्नेछ ।

आगामी २०२४ भित्रै विश्वकै ठूलो उडड्यन बजारमा चीनले अमेरिकालाई उछिन्ने अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) ले जनाएको छ । यात्रु संख्याको आधारमा चीनले अमेरिकालाई उछिन्ने आयटाले जनाएको छ । चीनले आफ्नै व्यापारिक प्रयोजनको विमान निर्माण गरेर आफ्नै मुलुकमा रहेको ठूलो बजारमा घरेलु निर्मित विमानबाट चुनौती दिने प्रयास गर्दै आएको छ ।

राज्य स्वामित्वको कमर्शीयल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले सांघाईबाट आफ्नो उडान पनि भरिसकेको छ । न्यारो बडीको सी-९१९ विमान बोइङको ७३७ र एयरबसको ए-३२० जत्रै आकारको रहेको छ । चिनियाँ यात्रु जेट २००८ देखि निर्माण सुरु भएको हो । यो सी-९१९ विमान चीनमै एसेम्बल गरिनेछ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु