राजदुत छाडेर पुनः राजनीतिमा फर्किए उपाध्याय, नवलपरासीबाट चुनाव लड्ने



काठमाडौं । भारतका लागि नेपाली राजदूतको अवसर आर्कषक पद हो । सुविधा र प्रचारका हिसाबले पनि राजदूत नेपालको प्रतिनिधि मात्रै होइनन् एउटा आर्कषक पद समेत हो ।

भारतका लागि राजदूत बन्न धेरैले अपेक्षा राख्ने गरेका छन् । तत्कालीन केपी ओली सरकारले फिर्ता बोलाएर पनि पुनः सोही पदमा नियुक्त भएका दीपकुमार उपाध्याय, काँग्रेसका चल्ता पूर्जा नेतामा पर्दथे । तर उनलाई राजदूत बन्ने अवसर मिल्यो । हुँदा खाँदाको पद त्याग गरेर उनी यतिखेर निर्वाचन लड्ने तयारीमा रहेका छन् ।

उनले जीवनलाई एक पाठशालाको रुपमा व्याख्या गरेका छन् । उपाध्याय यतिखेर कार्यकर्ता भेटघाट र आन्तरिक तयारीमा छन् ।

नवलपरासीबाट प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका उनलाई आफ्नै अनुभव पनि विजयको आधारको रुपमा रहेको व्याख्या गर्ने गर्छन ।

आफू विगतमा पनि नेपाली जनताको सेवामा रहेकाले आगामी दिनमा पनि यसैमा लाग्ने बताए । केही समय कुटनीतिक मर्यादामा रहेर अनुभव हासिल गरेकाले उक्त अनुभव आगामी दिनमा प्रयोग गर्ने छु’ उपाध्यायले बताए ।

उनले कुटनीतिक मर्यादमा रहँदा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै आगामी दिनमा आफ्नो कार्यको मुल्यांकन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

जीवन एक पाठशाला भएको बताउने उपाध्यायले सकारात्मक सोँचबाट आफू अगाडी बढ्ने पनि स्पष्ट पारे ।

राजदूत पदबाट राजीनामा स्वीकृत नहुँदा सम्म गलत सन्देश जाने भन्दै पार्टी सभापति शेरबहादुर देउवासँगको सहमतिमा सिफारिस रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यायको राजीनामा स्वीकृत गरेको छ ।

भारत भ्रमणमा रहँदानै प्रधानमन्त्री देउवाले उपाध्यायलाई सवै कुरा मिलाएर नेपाल फर्कन आग्रह गरेका थिए ।


क्लिकमान्डु