जथाभाबी सवरी चलाउनेलाई कारबाहीबाट ४४ लाख राजश्व संकलन



दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चाउनेलाई कारबाही गरी ४४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

तीन महिनामा ७ हजार २ सय सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

गत साउनमा २ हजार ५ सय सवारी चालकलाई कारबाही गरी १२ लाख ३५ हजार, भदौमा २ हजार ५ सय ९८ सवारी चालकलाई कारबाही गरी १६ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताए । उनका अनुसार असोजमा २ हजार ६ सय सवारी चालकलाई गरिएको कारबाहीमा १५ लाख ५७ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । रासस


क्लिकमान्डु