शिखर शुज क्रेजी मेला भृकुटी मण्डपमा शुरु, जुत्ता खरिदमा ७० प्रतिशतसम्म छुट



काठमाडौं । शिखर शुज क्रेजी मेला काठमाडौंको भृकुटी मण्डपमा सोमबारदेखि शुरु भएको छ ।

नेपाली काँग्रेसका युवा नेता गगन थापाले उक्त मेलाको उद्घाटन गरेका हुन् । छाला धार्मिक, सांस्कृतिक र बैज्ञानिक सबै कारणले स्वास्थ्यकोलागी हानिकारक भएकोले यसको सहि प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।

‘नेपालीहरुले मासुको प्रयोग बढाएपनि छाला नै समेत खाँदा जुत्ताको कच्चा पदार्थ पनि नष्ट भएको हुँदा मासु खाएपनि छाला नखानुस,’ थापाले भने ।

नेपालमा उत्पादन बढाउनु अहिको मुख्य चुनौति रहेको भन्दै उनले भने, ‘उत्पादनमुलक क्षेत्रमा लगानी नबढाई संवृद्धिको सपना देख्न सकिंदैन ।’

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले फुटवेयर क्षेत्रमा लागेका व्यवसायीले उत्पादन बढाई रहेको भन्दै यसले नेपाल जुत्ता उत्पादनमा आत्मर्निभरको बाटोमा अगाडि बढेको बताए ।

शिखर शुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले सरकारले कच्चा पदार्थ र फिनिस गुडमा लगाउँदै आएको एउटै तहको भन्सार शुल्क फरक हुनुपर्ने धारणा राखेका थिए ।

शिखर शुज क्रेजी मेला २० दिनसम्म संचालन हुने आयोजकले जानकारी दिएका छन् ।

मेलामा हरेक शिखर ब्राण्ड जुत्ताको खरिदमा १० देखि ७० प्रतिशतसम्मको छुट पाइने प्रसाईले जानकारी दिए । साथै, कम्पनीका हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत रहेको उनले बताए ।

कम्पनीले चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चा एवं जाडोयामका लागि न्यानो कपडाको जुत्तालगायत ४ सय डिजाइनमा जुत्ता तथा चप्पल उत्पादन गर्दै आएको छ ।

कम्पनीले जत्ता उत्पादनका लागि भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट कच्चा पर्दाथ आयात गर्दै आएको जानकारी दिएको छ ।


क्लिकमान्डु